Comments Add Comment

क्यामेरासँग किन तर्किदैछन् आर्यन ?

नेपाली चलचित्र क्षेत्रका चकलेटी नायक आर्यन सिग्देल खासै मिडियामा आउन चाहदैनन् । केही बर्ष अगाडिसम्म स्टारडम उचाइमा रहँदा आर्यन मिडिया फ्रेन्ड्ली थिए । तर, पछिल्लो समय स्टारडम खस्कदै जाँदा आर्यनको क्रेज पनि कमजोर बन्दै गएको छ । उनै, आर्यनलाई पछिल्लो समय मिडियासँग साक्षात्कार गर्न खासै रुची नलागेको देखिन्छ ।

बुधबार ‘शुभबस्त्रम्’को उद्घाटनमा पत्नी सपना भण्डारी र छोराको साथमा पुगेका आर्यन क्यामेरा देखेपछि फर्किए । संचालकसँग अंकमाल गर्दै ‘यति धेरै मिडिया बोलाएको छ र’ भन्दै आर्यन कार्यक्रममा नै नबसी फर्किएका थिए ।

कार्यक्रममा भने नायक आर्यन सिग्देल पनि आउने जानकारी मिडियाकर्मीलाई गराइएको थियो । जसकाकारण, मिडियाकर्मीले आर्यनलाई १ घन्टा भन्दा बढी पर्खिएका थिए ।

तर, चलचित्र ‘डिसेम्बर फल्स’को ७० प्रतिशत छायांकन सकेर बसेका नायक सिग्देलले भने मिडियाकर्मीको पर्खाइको अर्थ वुझेनन् । उनी मिडियासँग किन तर्किदैछन्, यो उनले नै जान्ने कुरा हो ।

तर, नेपाली चलचित्र क्षेत्रका धेरै कलाकारको चलचित्र प्रचारको बेलामा मिडियासँग नजिक हुने र अरु बेला नजिक पर्न नै नै हुदैन जस्तो गर्ने बानी भने नयाँ होइन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment