Comments Add Comment

उसु अवार्डलाई नागरिक विकास र योयोको साथ

१८ चैत, काठमाडौं । नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीको आयोजनामा हुने उसु अवार्डलाई नागरिक विकास बचत तथा ऋण सहकारी लिमिटेड र योयो बैंक्वेटले प्रायोजन गर्ने भएका छन् ।

बुधबार नागरिक विकासका अध्यक्ष नुनम सुब्बा, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्षसमेत रहेका योयोका सञ्चालक श्रीभक्त कासीछवा र अवार्ड संयोजक राजीव महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

नागरिक विकासले नगद पुरस्कारको प्रायोजन गर्ने भएको छ । योयोले कार्यक्रम व्यवस्थापनमा आवश्यक पर्ने सम्पूर्ण खर्च प्रदान गर्ने जानकारी दिइयो । कार्यक्रम भक्तपुरको सूर्यविनायकस्थित योयो बैंक्वेटमा शनिबार हुँदैछ ।

अवार्ड कार्यक्रममा सान्सौं र थाउलोतर्फ समान १–१ पुरुष र महिला गरी ४ खेलाडीलाई नगदसहित अवार्ड प्रदान गरिनेछ । उदीयमान खेलाडीका रुपमा समान १–१ पुरुष र महिला गरी २ खेलाडीलाई अवार्ड र नगदबाट पुरस्कृत गरिनेछ ।

आठौं राष्ट्रिय खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुद (साग)को प्रदर्शनलाई आधार मानी खेलाडी छनोट गरिने संयोजक महर्जनले पत्रकार सम्मेलनमा जानकारी गराए । उसु खेलको विकास र विस्तारमा लामो समयदेखि संलग्न रहेर योगदान पु¥याउने एक जनालाई ‘लाइभ टाइम एचिभमेन्ट’ विधाबाट सम्मानित गरिनेछ ।

यस्तै विगत १० वर्षदेखि उसु प्रशिक्षकका रुपमा सेवा गरिरहेका प्रशिक्षकलाई पनि प्रशंसा पत्रबाट सम्मान गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा अवार्डका रुपमा प्रदान गरिने ट्रफी पनि सार्वजनिक गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment