Comments Add Comment

सेनाको कदमपछि म्यानमारमा ४० भन्दा बढी बालबालिका मारिएको दावी

तस्वीर : एएफपी/रासस

१९ चैत, काठमाडौं । बालअधिकारको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था सेभ द चिल्ड्रेनले सेनाले शासन हातमा लिएपछि म्यानमारमा ४३ बालबालिका मारिएको बताएको छ ।

मारिने बालबालिकामध्ये केहीलाई सेनाले उनीहरुकै घरमा गएर गोली हानेको भन्दै सेभ द चिल्ड्रेनले म्यानमार निकै डरलाग्दो अवस्थामा रहेको बताएको छ ।

पछिल्लो समयको हिंसाले म्यानमार अब बालबालिकाको लागि सुरक्षित छैन भन्ने पुष्टि भएको सेभ द चिल्ड्रेनले उल्लेख गरेको छ । म्यानमारको घटनालाई नियालिरहेको स्थानीय समूहका अनुसार सेनाविरुद्धको आन्दोलनमा अहिलेसम्म ५३६ जनाको मृत्यु भइसकेको छ ।

म्यानमारको लागि राष्ट्रसंघीय दूतले सेनाको दमन बढेसँगै रक्तपात मच्चिने खतरा रहेको बताएका छन् । म्यानमारका धार्मिक सशस्त्र समूहले आक्रमणको चेतावनी दिएसँगै राष्ट्रसंघीय प्रतिनिधिको यस्तो भनाइ आएको हो ।

गत फेब्रुअरी १ मा सेनाले शासन हातमा लिएपछि म्यानमार अशान्त रहँदै आएको छ । सेनाको कदमको विरोधमा हजारौं मानिसले प्रदर्शन गरिरहेका छन् र प्रदर्शनमा सेनाले घातक दमन गर्दै आएको छ ।

कतिपयले सुरक्षाकर्मीले बाटोमा जो भेट्यो, उसैलाई गोली हान्ने गरेको र केहीलाई घरभित्रै गएर मारेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment