Comments Add Comment

बिमस्टेक बैठकमा म्यानमारको विषय उठेन

१९ चैत, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)का परराष्ट्रमन्त्रीहरुको १७औं बैठक सम्पन्न भएको छ ।

बैठकमा म्यानमारमा भइरहेको नरसंहारको विषय अन्य मुलुकले उठाउने अपेक्षा गरिएपनि त्यस विषयले प्रवेश नै पाएन । कुनै पनि मुलुकका परराष्ट्रमन्त्रीले म्यानमारमा भएको नरसंहारको विषय उठाएनन् ।

बिमस्टेकको वर्तमान अध्यक्ष श्रीलंकाले भर्चुअल माध्यममार्फत गरेको बैठकमा विशेषतः ५ औं शिखर सम्मेलनको तयारीको बारेमा छलफल भएको थियो ।

बैठकमा पाँचौ शिखर सम्मेलनको घोषणापत्रको विषयवस्तुको बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । पाँचांै शिखर सम्मेलन यसै वर्षको नोभेम्बर महिना गर्ने तयारी छ ।

बैठकमा पारस्परिक कानुनी सहायतासम्बन्धी सन्धिमा हस्ताक्षर गर्ने सहमति बनेको छ । त्यसैगरी सदस्य मुलुकहरुको बीचमा प्रविधिको हस्तान्तरणसम्बन्धी सहमतिलाई समेत अगाडि सहमति भएको छ ।

मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिमस्टेकलाई अगाडि बढाउनको लागि सशक्त इच्छाशक्ति र प्रतिवद्धता चाहिने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment