Comments Add Comment

बिहेको डेढ महिनापछि आमा बन्दै दिया

बलिउड नायिका दिया मिर्जाले फ्रेवुअरीमा व्यापारी वैभव रेखीको साथमा बिहे गरेकी थिइन् । दियाको वैवाहिक जीवन टुटेपछि उनले दोश्रो बिहे गरेकी थिइन् । उनै, दियाले बिहेको डेढ महिनापछि आफू आमा बन्न लागेको जानकारी दिएकी छिन् । बेबी बम्पसहितको तस्वीर सार्वजनिक गर्दै दियाले आफू आमा बन्न लागेको खुशी फ्यानसँग साटेकी हुन् ।

दियाले अस्ताउँदै गरेको सूर्य हेर्दै एउटा तस्वीर सार्वजनिक गरेकी छिन्, जसमा लेखिएको छ–‘धर्तीको जस्तै मलाई पनि आमा बन्ने आर्शिवाद मिलेको छ । एउटा यस्तो जीवन, जसबाट हरेक कुराको सुरुवात हुन्छ । आशाको फूलको रुपमा मेरो गर्भमा पनि सपनाबाट शुद्ध सपनालाई पाल्ने आर्शिवाद मिलेको छ ।’

बलिउडमा चलचित्र ‘रहना है तेरे दिल मे’बाट प्रवेश गरेकी दियाले लामो समय दर्शकको मनमा राज गरिन् । उनी, पछिल्लो समय चलचित्र ‘थप्पड’मा देखिएकी थिइन् । उनी, चलचित्र ‘वाइल्ड डग’को छायांकनमा पनि व्यस्त थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment