Comments Add Comment

न्यू डायमण्डमाथि आर्मीको प्रतिस्पर्धात्मक जित

२० चैत, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले पाँचौ संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा महिलातर्फ न्यु डायमण्डमाथि प्रतिस्पर्धात्मक जित हात पारेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित राखेपको कर्भड हलमा भएको खेलमा आर्मीले न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३-२ को सेटमा हराउँदै विजयी सुरुआत गरको हो ।

जितपछि आर्मीले २ अंक जोड्दा पराजित न्यु डायमण्डले पनि १ अंक जोडेको छ । पाँच सेट चलेकोले दुवै टोलीले अंक पाए । निकै प्रतिस्पर्धात्मक भएको खेलमा आर्मीले न्यू डायमण्डलाई २५-१७, २०-२५, २५-२३, १५-२५, १५-१२ को सेटमा पराजित गरे ।

शुक्रबारै भएको खेलमा अन्य दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लबले सहज जित हात पारे । एपीएफले ढोरपाटनलाई २५-३, २५-९, २५-५ को सेटमा हरायो । यस्तै पुलिसले मेट्रो खेलकुद परिषदलाई २५-४, २५-८, २५-१२ को सेटमा पराजित गरे ।

एपीएफ र पुलिसले समान ३ अंक जोडेका छन् । नेपाल भलिबल संघ एनभिएको आयोजनामा भएको च्याम्पियनसिपमा पुरुषतर्फ सात र महिलातर्फ ६ टिम सहभागी छन् । पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, बुलबुले रारा क्लब, नयाँ बजार सामाजिक युवा क्लब र मणिमुकुन्द भलिबल क्लब छन् ।

महिलातर्फ एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, न्यु डायमण्ड स्पोर्ट्स क्लब, ढोरपाटन स्पोर्ट्स क्लब र भरतपुर मेट्रो खेलकुद परिषद छन् । लिग च्याम्पियनसिपको महिला र पुरुष दुवैतर्फको विजेताले ३ लाख पुरस्कार प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७६ हजार र चौथोले ३७ हजार ५ सय पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment