+
+
Shares

सबै निर्वाचन क्षेत्रमा बन्ने सडकको शनिबार प्रधानमन्त्रीले संयुक्त शुभारम्भ गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २० गते २२:२८

२० चैत, काठमाडौं । शनिबार एकैपटक १६५ वटा निर्वाचन क्षेत्रमा बन्ने निर्वाचन क्षेत्र स्तरीय सडक निर्माणको संयुक्त शुभारम्भ हुने भएको छ । बालुवाटारमा एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणको सुरुआत गर्न लागेका हुन् ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार सडकहरुको निर्माण सुरु गर्न प्रधानमन्त्रीले संयुक्त रुपमा शुभारमभ गर्न लागेका हुन् । यो वर्ष सरकारले प्रत्यक निर्वाचन क्षत्रेमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ । बहुवर्षीय ठेक्का अन्तरगत बन्ने यस्ता अधिकांश सडकहरुको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय अध्ययन तयार भएको छैन ।

यि सडकमा अहिले पनि स्थानीय तह र प्रदेश सरकारले बजेट खर्च गर्दैछन् । सांसदहरुको ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?