Comments Add Comment

बझाङमा पुस्तकालय बनाउन काठमाडौंका विद्यार्थीको सहयोग

२१ चैत, काठमाडौं । विभिन्न क्याम्पसहरूमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको संस्था नेपालका लागि शिक्षा र अनुसन्धान केन्द्रले बझाङमा पुस्तकालय निर्माणका लागि १५ सय वटा पुस्तक दिएको छ ।

सुर्मा गाउँपालिका-५ मा रहेको धौल्देउ निम्न माध्यामिक विद्यालयमा ‘सफल परियोजना-शिक्षाको निम्ति एक कदम’ कार्यक्रममार्फत पुस्तक हस्तान्तरण गरिएको हो ।

विद्यार्थीहरुबाट संकलन गरेर विभिन्न विधा र क्षेत्रका पुस्तकहरु विद्यालयमा दिएर पुस्तकालय निर्माण गरिएको अध्यक्ष राम न्यौपानेले बताए ।

कार्यक्रमअन्तर्गत छाउपढी प्रथा तथा बाल विवाहको न्यूनीकरणको लागि विद्यार्थी तथा अभिभावकहरु समेतको सहभागितामा जनचेतनामुलक र्‍याली तथा छलफल कार्यक्रम पनि गरिएको उनले बताए ।

संस्थाले यसअघि सिन्धुपाल्चोकमा २, मकवानपुर र इलाममा रहेको १ १ वटा सामुदयिक विद्यालयमा व्यवस्थित पुस्तकालयको स्थापनासँगै विभिन्न शैक्षिक कार्यक्रमहरु गरिसकेको सगुन कँडेलले बताइन् ।

संस्थाले लकडाउनको अवधिमा पनि चित्रकला, निबन्ध लेखन, कविता वाचन लगायतका कार्यक्रम अनलाइनमार्फत गरेको थियो । लकडाउनकै वेला करिब १५ सय परिवारलाई निःशुल्क खाद्य प्याकेज समेत बाँडिएको कँडेलले सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment