+
+
Shares

प्रहरी हिरासतमा पुस्तकालय

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते १३:४२

९ फागुन, विराटनगर । मोरङको लेटाङमा रहेको  इलाका प्रहरी कार्यालय लेटाङले हिरासत कक्षभित्र पुस्तकालय स्थापना गरेको छ ।

‘थुनुवाको हात–हातमा किताब’ अभियान सुरु गरेको प्रहरी कार्यालयले सोमबार हिरासत कक्षमा पुस्तकालय स्थापना गरेको हो ।

हिरासतमा रहेका व्यक्तिहरूको आचरण र व्यवहारमा सुधार ल्याउन पुस्तकालय  सुरु गरेको इलाका प्रहरी कार्यालय लेटाङका इञ्चार्ज प्रहरी निरीक्षक  सागर साहले जानकारी दिए ।

पुस्तकालयमा जीवन उपयोगी पुस्तक राखिएको उनले बताए ।

पुस्तकालय स्थापनाका लागि सोमबार लेटाङ नगरपालिका वडा नं. ३ मा रहेको न्यु श्याम पुस्तक भण्डारले २२ थान  पुस्तक पनि उपलब्ध गराएको थियो ।

साहका अनुसार पुस्तकालयका लागि आवश्यक पर्ने पुस्तक तथा सामग्रीहरू संकलन गर्ने क्रम जारी छ ।

इलाका प्रहरी कार्यालय लेटाङमा १० जना थुनुवा छन् । यसअघि जिल्ला प्रहरी कार्यालय मोरङको हिरासत कक्षमा पनि पुस्तकालय स्थापना गरिएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?