+
+
Shares
भृकुटीमण्डप :

पुस्तकालयमा विद्यार्थी पढ्दै थिए, समाजकल्याणका प्रतिनिधिले बाहिर निकाले

यो पुस्तकालयले समाज कल्याण परिषद्लाई ३४ नम्बरको स्टलको १ करोड १३ लाख ५३ हजार ९५ रुपैयाँ र ६८ नम्बरको स्टलको १ करोड ७६ लाख ७० हजार २८१ रुपैयाँ भाडा तिर्न बाँकी छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १६:३०

३० चैत, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा वर्षौंसम्म भाडा नतिर्नेमा काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय पनि हो एक हो । आज यहाँ समाज कल्याण परिषद्ले भाडा नतिर्ने विभिन्न संस्था र पसलहरूमा ताला लगाइदिएको छ । यहाँ स्टल नम्बर ३४ र ६८ मा पुस्तकालय सञ्चालनमा छ । दिउँसो विद्यार्थीहरू पढिरहेको समयमा समाज कल्याण परिषद् तथा सुरक्षाकर्मीको टोली पुगेर उनीहरूलाई बाहिर जान आग्रह गरे । त्यसपछि पुस्तकालयमा एक्कासि ताला लगाउने तयारी भएसँगै अध्ययनका लागि त्यहाँ पुगेका विद्यार्थीहरू भने आक्रोशित भएका छन् । आक्रोशित एक विद्यार्थीले भने- ‘पढिरहेको बेला किन आउनुभएको? गुण्डागर्दीको शैलीमा ? भोलि हाम्रो एक्जाम छ।’

समाज कल्याणका कर्मचारीले यहाँ पुस्तकालय सञ्चालन गरेर सञ्चालकहरूले वर्षौंदेखि भाडा नतिरेकोले ताला लगाउन बाध्य भएको सुनाए ।

लगत्तै ती विद्यार्थीले भने, ‘पढ्न लागेका बेला हामीलाई उठाएर भाडाको समस्या समाधान हुन्छ ? पाठकलाई टर्चर दिने ? व्यवस्थापकसँग कुरा गर्नु । भाडा दोस्रो कुरा हो। पढाइ पहिलो कुरा हो।’

यो पुस्तकालयले समाज कल्याण परिषद्लाई ३४ नम्बरको स्टलको १ करोड १३ लाख ५३ हजार ९५ रुपैयाँ र ६८ नम्बरको स्टलको १ करोड ७६ लाख ७० हजार २८१ रुपैयाँ भाडा तिर्न बाँकी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?