+
+

‘अनन्त’मा कर्मा र लक्ष्मी

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २२ गते १०:५९

चलचित्र ‘अनन्त’को छायांकन शनिबारबाट सुरु भएको छ । यो चलचित्रमा नायक कार्म र नायिका लक्ष्मी बर्देवाको मुख्य भूमिका छ । यी दुई कलाकारले पहिलो पटक एकसाथ पर्दा शेयर गर्न लागेका हुन् । चलचित्रको छायांकन भक्तपुरबाट सुरु गरिएको हो । नायक कार्मले आफू लक्ष्मीको प्रशंसक भएकाले चलचित्रको प्रस्ताव आएपछि स्विकार गरेको बताए । यस्तै, लक्ष्मीले पनि कार्मसँग काम गर्न पाउँदा उत्साहित रहेको बताइन् ।

लक्ष्मीले भनिन्–‘लकडाउनपछि मैले दशवटा चलचित्रको कथा पढेँ । कतीपयको कथा मन परेन भने कतिपयको टिम मन परेन । चलचित्रमा कार्मसँग काम गर्न पाउँदा बोनस पाएको अनुभव गरेकी छिन् । उहाँसँग काम गर्ने ठूलो रहर थियो ।’

टाइम ट्राभल लभस्टोरी विधाको यो चलचित्रलाई जेसन लोप्चनले निर्देशन गरिरहेका छन् । यो चलचित्रमा प्रेमका लागि सबै सिमा नाघिदिने एक पात्रको कथा भन्ने लोप्चनले बताए।

२० दिनमा सुटिङ सक्ने लक्ष्य लिएर फ्लोरमा गएको यो चलचित्रको पटकथा जेसनले नै लेखेका हुन् । चलचित्रमा बबिन दुलालको छायांकन, नव विजय श्रेष्ठको लगानी रहनेछ । उनलाई निर्माणमा सह–निर्माताको रुपमा रन्जन ढुंगाना र शीतल खड्काले सघाउनेछन् भने तेजबहादुर श्रेष्ठ र दीपेश राउत चलचित्रका सहायक निर्माता हुन् । रेमन मल्ल र सल्लेन सुवाल यो चलचित्रमा लाइन प्रोड्युसरको भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?