Comments Add Comment

शिवमको गुनासो–‘तत्काल स्क्रिप्ट चाहियो भन्ने चलचित्रकर्मीका कारण काम गर्न सक्ने अवस्था रहेन’

चलचित्र लेखक तथा निर्देशक शिवम् अधिकारीले स्क्रिप्ट लेखनका लागि उपयुक्त वातावरण हुनुपर्छ भन्ने कुरा चलचित्रकर्मीले बुझ्न नसकेको बताएका छन् । लामो समयदेखि नेपाली चलचित्रको स्क्रिप्ट लेखनमा सक्रिय उनले स्क्रिप्ट लेखन आफैमा कठिन विधा भएपनि यसका लागि उपयुक्त वातावरण र मानसिक समस्यामुक्त हुनुपर्छ भन्ने कुरा अधिकांश चलचित्रकर्मीले बुझन् नसकेको उल्लेख गरेका छन् ।

सामाजिक संजालमा स्टाटस लेख्दै उनले आफू स्वयंम यही समस्याबाट गुज्रिदै आएको बताएका छन् । उनले तत्काल स्क्रिप्ट चाहियो भन्ने चलचित्रकर्मीका कारण आफूले काम गर्न सक्ने अवस्था नरहेको समेत लेखेका छन् । सोही कारण आफूले मानसिक रुपमा तयार नभएसम्मका लागि स्क्रिप्ट लेखनबाट विश्राम लिएको शिवम्ले जनाएका छन् ।

बिरामी अवस्थामा पनि ‘ल ल चाडै ठिक भएर मेरो काम सकाइदिनु प¥यो’ भन्ने चलचित्रकर्मीहरुसंग टिठ लाग्ने बताउँदै उनले चलचित्र लेखन एक क्लिकमा प्रिन्ट गर्ने प्रिन्टर नभएको उल्लेख गरेका छन् । शिवमले स्क्रिप्ट लेखनका लागि मानसिक रुपमै तयार हुन समय लाग्छ भन्ने तथ्य मनन गरिदिन सबै चलचित्रकर्मीमा आग्रह गरेका छन् । यो सोच चलचित्रकर्मीमा पलाएको खण्डमा नेपाली चलचित्र उद्योगलाई फाइदा गर्ने उनको कथन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment