+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

राजनीतिक खिचातानीले देशलाई नै लज्जित बनायो : रविन्द्र मिश्र

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २३ गते १७:४५

२३ चैत, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पछिल्लो समय विकसित राजनीतिक खिचातानीले देशलाई नै लज्जित बनाएको टिप्पणी गरेका छन् ।

सोमबार विवेकशील साझा पार्टीको सञ्चार तथा सूचना प्रविधि विभागको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले अहिलेको राजनीतिक परिघटनाले देशलाई नै लज्जित बनाएको टिप्पणी गरे ।

अहिले भइरहेको गतिविधि देशको स्वाभिमानको हित विपरित भएको उनको भनाइ छ । ‘अहिलेको स्थितिमा पनि राजनीति जुन किसिमबाट अगाडि बढिरहेको छ, त्यो अत्यन्त निन्दनीय र लज्जास्पद छ । यो देशको स्वाभिमानको हित विपरित छ । यो राष्ट्रहित विपरित छ,’ उनले भने ।

मिश्रले संविधानले तय गरे अनुरुप सुसंस्कृत रुपमा देशको सरकार परिवर्तन हुनुपर्छ भन्नेमा आफ्नो पार्टी दृढ रहेको पनि बताए । तर अहिलेका गतिविधि संविधान विपरित रहेको उनको भनाइ छ । संविधानको सम्मान गर्न उनले दलहरुलाई आग्रहसमेत गरे ।

‘७० वर्षदेखि नेपालको राजनीतिमा निरन्तर देखिएको समस्या भनेको भ्रष्ट्राचार हो, असक्षमता हो, सुशासनको अभाव हो, दूरदर्शिताको अभाव हो,’ उनले भने, ‘यो नेपाली राजनीतिको बिडम्बना हो । नेपाल जस्तो देशमा यति लामो अवधिसम्म राजनीति बदलिनु, बारम्बार बदलिनु, २० वर्षमा २० सरकार बदलिनु तर आमनेपालीको अवस्था नबदलिनु सबैभन्दा दुःखद पक्ष हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?