+
+
Shares

प्रा.डा.वासुदेव त्रिपाठीलाई पाँच लाखसहित महासमालोचकको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २४ गते १७:२८

२४ चैत, काठमाडौं । नइ प्रकाशनले रजत महोत्सवका अवसरमा प्रा.डा. वासुदेव त्रिपाठीलाई महासमालोचकको उपाधिसहित पाँचलाख रुपियाँ राशिको ‘नइ रजत महोत्सव पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

मंगलबार नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले विज्ञप्ति जारी गरेर प्रा.डा.त्रिपाठीलाई महासमालोचकको सम्मानसहित पाँचलाख रुपियाँ राशिको ‘नइ रजत महोत्सव पुरस्कार’ले सम्मान गर्ने निणर्य गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘ मोतीराम भट्टबाट थालिएको समालोचनाको परम्परालाई आधुनिक युगमा विविधतापूर्ण, बहुआयामिक र समन्वयवादी दृष्टिले गतिशील, समृद्ध र उन्नत तुल्याई एक युगकै केन्द्रीय प्रतिभाका रूपमा भूमिका खेलेवापत प्रा.डा.त्रिपाठीलाई महासमालोचकको सम्मानसहित पाँचलाख रुपियाँ राशिको ‘नइ रजत महोत्सव पुरस्कार’ले सम्मान गर्ने निणर्य भएको हो।’

यस्तै नइ प्रकाशन आजकै बैठकद्वारा प्रा.डा.उषा ठाकुर ‘नइ रजत महोत्सव’को उपाध्यक्षमा मनोनित भएका छन्। महासमालोचकको उपाधि समर्पण गरिने समारोहमा प्रा.डा. त्रिपाठीलाई देशदेशान्तरबाट सार्वजनिक अभिनन्दन पनि अर्पण गरिनेछ ।

नइ प्रकाशनकै सिफारिस, पहल र अनुरोधमा नेपाल सरकारबाट डा.माधवप्रसाद घिमिरेलाई राष्ट्रकवि र डा.सत्यमोहन जोशीलाई वाङमय शताब्दी पुरूषको उपाधि प्रदान गरिएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?