+
+

कलंकीमा नक्कली कस्मेटिक उत्पादन गर्ने कारखानामा छापा 

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २४ गते १८:३७

२४ चैत, काठमाडौं । कलंकीमा नक्कली कस्मेटिक पदार्थ उत्पादन गर्ने एक कारखानामा वाणिज्य विभाग र अपराध महाशाखाको संयुक्त टोलीले छापा मारेको छ । विभागका अनुसार ब्राण्डेड कस्मेटिक वस्तुको खोलमा अप्रमाणित रसायन प्रयोग गरी कस्मेटिक बनाएर बिक्री गर्ने गरेको सूचनाको आधारमा टोलीले मंगलबार छापा मारेको हो । हानीकारक कस्मेटिक बनाएर बजारमा बिक्री गर्ने गरेको आरोपमा अनुमगन टोलीले एकजना सञ्चालकलाई समेत नियन्त्रणमा लिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवप्रसाद सेडाईंले जानकारी दिए । उनका अनुसार नक्कली कस्मेटिक उत्पादन, भण्डारण एवं बिक्री गर्ने तीन वटा घर समेत सिल गरिएको छ ।

उनले भने ‘बजारमा नाम चलेका ५१ प्रकारका कस्मेटिक वस्तुको ब्राण्डेड खोलमा अप्रमाणित रसायन प्रयोग गरेर कस्मेटिक उत्पादन हुने गरेको पाइयो ।’

‘छापा मार्ने काम अझै सकिएको छैन्, साथीहरु फिल्डमै हुनुहुन्छ,’ प्रवक्ता सेडाईंले भने । मेहन्दी र मलतानी माटो प्याकिङ गर्ने भनेर खोलिएको उद्योगले त्यस्ता वस्तुहरु उत्पादन गर्ने गरेको उनको भनाइ छ । कलंकीमा रहेको मुख्य कारखाना, नजिकै रहेको भण्डारण स्टोर र नयाँ सडकमा रहेको बिक्री केन्द्रमा पनि बुधबार नै सिल गरिएको र थप अनुसन्धान थालिएको विभागले जनाएको छ ।

पक्राउ गरेका व्यक्ति प्रहरीको नियन्त्रणमा रहेको र पहिचान खुल्न बाँकी रहेको प्रवक्ता सेडाईंको भनाइ छ । उत्पादन केन्द्रबाट धेरैजसो विभिन्नि नामका मेहेन्दी र कालाकोला ब्राण्डको क्लिजिङ क्रिम,भ्यास्लिन, वोकली ह्वाइनिङ, विस्पर प्याड र यासा नाम गरेका लगायतका उत्पादन छन् ।

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?