+
+
Shares

११ पुसदेखि ‘कस्मेटिका एक्स्पो’ हुने 

एक्स्पोको मुख्य उद्देश्य सौन्दर्य तथा वेलनेस उद्योगका ब्रान्ड, उत्पादक, वितरक, आयातकर्ता, आपूर्तिकर्ता र व्यवसायीलाई एउटै मञ्चमा जोड्नु रहेको आयोजकको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १४:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको पहिलो र एकमात्र बृहत कस्मेटिक, सौन्दर्य र वेलनेस ट्रेड शो 'कस्मेटिका २०२५' पुस ११ देखि १३ गते काठमाडौं आम्रपाली ब्याक्वेटमा आयोजना हुँदैछ।
  • यस एक्स्पोले सौन्दर्य र वेलनेस उद्योगका ब्रान्ड, उत्पादक, वितरक, आयातकर्ता र व्यवसायीलाई एउटै मञ्चमा जोड्ने उद्देश्य राखेको छ।
  • नेपालको कस्मेटिक्स बजारको कुल मूल्य करिब २३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ र सन् २०२५ सम्म आयात २० अर्ब ४० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

९ पुस, काठमाडौं । नेपालको कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको पहिलो तथा एकमात्र बृहत ट्रेड शो ‘कस्मेटिका २०२५’ आयोजना हुने भएको छ ।

एक्स्पो ११ देखि १३ पुससम्म काठमाडौं नक्सालस्थित आम्रपाली ब्याक्वेटमा आयोजना हुँदैछ । हाउस अफ राजकर्निकारद्वारा सञ्चालित यस एक्स्पोलाई नेपाल कस्मेटिक्स बिजनेस एसोसिएसन र ब्युटिसियन प्रोफेसनल एसोसिएसन अफ नेपालले सहयोग गरेका छन् ।

यो एक्स्पोको मुख्य उद्देश्य सौन्दर्य तथा वेलनेस उद्योगका ब्रान्ड, उत्पादक, वितरक, आयातकर्ता, आपूर्तिकर्ता र व्यवसायीलाई एउटै मञ्चमा जोड्नु रहेको आयोजकको भनाइ छ ।

यसले बीटुबी र बीटुसी दुवै वर्गलाई लक्षित गरी नयाँ उत्पादन, सेवा, प्रविधि र शैली प्रदर्शन गर्ने छ । एक्स्पोमा कस्मेटिक ब्रान्ड, स्किन केयर, हेयर केयर, पर्सनल केयर, वेलनेस ब्रान्ड, प्याकेजिङ कम्पनी, ब्युटी स्कुल, प्लास्टिक सर्जरी क्लिनिक, हेयर इम्प्लान्ट क्लिनिक र डेन्टल केयर क्लिनिक लगायत प्रदर्शक सहभागी हुनेछन् ।

कार्यक्रम अवधिभरि ‘हल अफ फेम’ सम्मान, निःशुल्क ट्रायल र स्याम्पल वितरण, विशेष सेल्फी कियोस्क, ब्रान्ड लन्च, लाइभ मेकअप र हेयर स्टाइलिङ डेमो, कार्यशाला, सेमिनार र विज्ञहरूसँग प्रत्यक्ष परामर्श लगायत गतिविधि सञ्चालन हुनेछन् ।

सायम ब्युटी पार्लरकी कमला श्रेष्ठ, बोस ब्युटी एकेडेमीकी सुनिता श्रेष्ठ र ट्रु डर्माका विज्ञान जोशी लगायतका प्रस्तुति प्रमुख आकर्षण हुनेछन् ।

पछिल्लो दशकमा नेपालमा कस्मेटिक्स तथा वेलनेस बजार तीव्र रूपमा विस्तार भएको छ, जसको वर्तमान कुल मूल्य करिब २३ अर्ब ६० करोड रुपैयाँ बराबर पुगेको छ। सन् २०२५ सम्ममा कस्मेटिक्स तथा पर्सनल केयर उत्पादन आयात २० अर्ब ४० करोड रुपैयाँ पुग्ने अनुमान छ ।

वार्षिक २० देखि २५ प्रतिशतका दरले वृद्धि भइरहेको यो बजारको प्रमुख उपभोक्ता १६ देखि ३० वर्ष उमेर समूहका सहरी महिला हुन् । कस्मेटिका २०२५ उत्पादक र वितरकका लागि नेपालमा आफ्नो उपस्थिति बलियो बनाउन तथा ज्ञान आदानप्रदान र नेटवर्किङका लागि एउटा उत्कृष्ट अवसर हुने आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?