९ पुस, वीरगञ्ज । २४ भदौको जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीबन्दी पर्सामा पक्राउ परेका छन् ।
जेनजी आन्दोलनको क्रममा फरार भएका दुई जना कैदीलाई मंगलबार पक्राउ गरेर वीरगञ्ज कारागारमा बुझाइएको पर्सा प्रहरीले जानकारी दिएको छ ।
पर्साका प्रहरी प्रवक्ता राजु कार्कीका अनुसार पक्राउ पर्नेमा बाराको विश्रामपुर गाउँपालिका–२५ का प्रदेशी भन्ने सुदामा पासवान र बारा परवानीपुर गाउँपालिका–२ का विवेकलाल साह कानु रहेका छन् ।
कार्कीका अनुसार पासवान कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय सुनाइएका कैदी हुन् ।
कानुलाई उच्च अदालत पाटन इजलास हेटौंडाको आदेशले ५० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । तर धरौटी तिर्न नसकेपछि कानुलाई केन्द्रीय कारागार चलान गरिएको थियो ।
प्रतिक्रिया 4