+
+
Shares

सुन्धारा कारागारबाट भागेका एक कैदीबन्दी पक्राउ

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-५ का टासी तामाङ रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १८:५०

८ पुस, काठमाडौं । २४ भदौको जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-५ का टासी तामाङ रहेका छन् ।

उनी वन्यजन्तुको आखेटोपहार ओसारपसरा मुद्दामा ५ वर्ष कैद सजाय सुनाइएका व्यक्ति हुन् ।

काठमाडौंको गोकर्णेश्वरमा लुकिछिपी बसेको अवस्थामा केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल पठाइएको ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?