+

पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई राखेपको बधाई

२०८२ पुष  ८ गते १८:२३ २०८२ पुष ८ गते १८:२३
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई राखेपको बधाई

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पाँचौं एसियाली युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङ र प्रशिक्षक कविराज नेगीलाई बधाई दिएको छ।
  • राखेपका सदस्य–सचिव रामचरित्र मेहताले त्रिपुरेश्वरस्थित कार्यकक्षमा भेट गरी दुवैलाई आगामी दिनमा सफलता प्राप्त गर्न शुभकामना दिएका छन्।
  • रेनुले दुबईमा डिसेम्बर ७ देखि १४ सम्म भएको एसियन युथ पारा गेम्समा महिला ४७ केजी तौलसमूहमा कांस्य पदक जितेकी थिइन्।

८ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पाँचौं एसियाली युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङ र प्रशिक्षक कविराज नेगी लामालाई मंगलबार बधाई दिएको छ ।

राखेपका सदस्य–सचिव रामचरित्र मेहताले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भेट गरी दुवैलाई बधाई दिँदै आगामी दिनमा अझ सफलता प्राप्त गर्न शुभकामना दिए ।

रेनुले दुबईमा डिसेम्बर ७ देखि १४ तारिखसम्म भएको एसियन युथ पारा गेम्समा के–४४ क्याटगोरीको महिला ४७ केजीमुनि तौलसमूहमा कांस्य जितेकी थिइन् ।

रेनु राखेपले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेकी खेलाडी हुन् ।

सो अवसरमा राखेप कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपकी सदस्य नन्दा बस्याललगायतको उपस्थिति रहेको थियो ।

रेनु तामाङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय