News Summary
Generated by OK AI. Editorially reviewed.- अफ्रिका कप अफ नेसन्स समूह 'बी' को पहिलो खेलमा मोहमद सालाहले अतिरिक्त समयमा गोल गर्दै इजिप्टलाई जिम्बाबेलामाथि २–१ को जित दिलाए।
- जिम्बाब्वेले २०औं मिनेटमा प्रिन्स दुवेको गोलले अग्रता लिएको थियो भने ओमार मर्माउशले ६४औं मिनेटमा बराबरी गोल गरे।
- समूह 'बी' मा दक्षिण अफ्रिकाले एङ्गोलालाई २–१ गोलअन्तरले हराएको छ र अब इजिप्टले दक्षिण अफ्रिकासँग खेल्नेछ।
८ पुस, काठमाडौं । मोहमद सालाहले खेलको अन्तिम समयमा गोल गर्दै अफ्रिका कप अफ नेसन्समा इजिप्टलाई जित दिलाएका छन् ।
समूह ‘बी’ को पहिलो खेलमा इजिप्टले जिम्बाबेलाई २–१ गोलअन्तरले हराएको हो ।
जिम्बाब्वेले २०औं मिनेटमा अप्रत्याशित रूपमा गोल गर्दै अग्रता लिएको थियो। प्रिन्स दुवेले गोल गरेका थिए ।
दोस्रो हाफको ६४औं मिनेटमा ओमार मर्माउशले बराबरी गोल गरे। खेल बराबरीमै सकिने जस्तो देखिँदा अतिरिक्त समयमा सालाहको प्रहार गोलमा परिणत भयो।
यो जितसँगै इजिप्टले समूह ‘बी’मा ३ अंक जोडेको छ । अब इजिप्टले दक्षिण अफ्रिकासँग तथा जिम्बाबेले एङ्गोलासँग खेल्नेछ ।
समूह बी कै अर्को खेलमा दक्षिण अफ्रिकाले एङ्गोलालाई २-१ गोलअन्तरले हरायो ।
प्रतिक्रिया 4