+

महिला टी-२० विश्वकप छनोटको समूह र खेलतालिका सार्वजनिक

२०८२ पुष  ८ गते ११:५६ २०८२ पुष ८ गते ११:५६
महिला टी-२० विश्वकप छनोटको समूह र खेलतालिका सार्वजनिक
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आउँदो जनवरीमा काठमाडौंमा हुने आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको समूह विभाजन र खेलतालिका सार्वजनिक भएको छ।
  • नेपाल समूह 'बी' मा परेको छ र जनवरी १८ मा थाइल्यान्डसँग मुलपानी क्रिकेट मैदानमा पहिलो खेल खेल्नेछ।
  • प्रतियोगितामा १० टोली सहभागी छन् र शीर्ष ४ टोली सन् २०२६ महिला टी-२० विश्वकपमा छनोट हुनेछन्।

८ पुस, काठमाडौं । आउँदो जनवरीमा काठमाडौंमा हुने आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको समूह विभाजनसँगै खेलतालिका पनि सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार खेलतालिका सार्वजनिक गरेको हो । जसअन्तर्गत आयोजक नेपाल समूह ‘बी’मा परेको छ ।

नेपालसहित १० टोली सहभागी हुने प्रतियोगिता जनावरी १४ देखि मुलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ । जनवरी १४ र १६ मा वार्म अप तथा जनवरी १८ देखि मुख्य खेलहरू सुरु हुनेछन् ।

समूह ‘ए’ मा बंगालदेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छ । यस्तै समूह ‘बी’ मा नेपाल, स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावे छन् ।

नेपालले आफ्नो पहिलो खेलमा १८ जनवरीमा थाइल्यान्डसँग माथिल्लो मुलपनी क्रिकेट मैदानमा खेल्नेछ ।

नेपालले पहिलोपटक विश्वकप एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको थियो ।

यस प्रतियोगितामा दुवै समूहबाट शीर्ष ३ मा पर्ने टोलीहरू सुपर सिक्समा छनोट हुनेछन् । सुपर सिक्सबाट शीर्ष ४ टोलीहरू सन् २०२६ मा हुने महिला टी-२० विश्वकपमा छनोट हुनेछन् ।

महिला टी-२० विश्वकप ग्लोबल छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय