
२४ चैत, काठमाडौं । गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् ।
आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजीनामा बुझाएका हुन् । बुधबारदेखि सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै चुमानले राजीनामा मुख्यमन्त्रीलाई बुझाएको जानकारी दिए ।
बुधबार बिहान बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो । यद्यपि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ताको घोषणा भने गरेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4