Comments Add Comment

उद्यमी चन्द्र ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ)बाट विभूषित

२७ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ)बाट विभूषित भएका छन् ।

शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवास, महाराजगञ्जमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढकाललाई उक्त विभूषणबाट सम्मानित गरेकी हुन् ।

नेपाल सरकार, गृह मन्त्रालयले गत वर्षको असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा ढकाललाई उक्त विभूषणबाट सम्मानित गर्ने घोषणा गरेको थियो ।

नेपालका लागि इन्डोनेसियाका अवैतनिक दूतसमेत रहेका उद्यमी ढकालको विप्रेषण, बैंक तथा वित्त, पर्यटन, ऊर्जा, सूचना प्रविधि, हस्पिटालिटी उद्योग तथा विमालगायत दर्जनौ क्षेत्रमा लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment