+
+
Shares

३५ सय ३२ नमुना परीक्षण गर्दा ३३७ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २८ गते १९:०५

२८ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३३७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

३ हजार ५३२ जनाको नमुना परीक्षण गर्दा ३३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ । जसमध्ये गत २४ घण्टामा १५१ सहित २ लाख ७३ हजार ८८६ जना निको भएका छन् । यस्तै थप एक जनासहित कोरोना संक्रमणबाट हालसम्म ३ हजार ३९ जनाको मृत्यु भएको छ ।

शनिबार थपिएका संक्रमितमध्ये १४१ जना काठमाडौं उपत्यकाका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा ११६, ललितपुरमा २० र भक्तपुरमा ५ जना संक्रमित थपिएका छन् । यस्तै चितवनमा ३३, बाँके र रुपन्देहीमा २०/२०, पर्सामा १२, मोरङमा १०, नवलपरासी पूर्वमा ९ तथा झापा, दाङ र कैलालीमा ६/६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ८ सय रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?