Comments Add Comment

लहान विस्फाेट घटनामा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ

२८ चैत, जनकपुरधाम । गत चैत १ गते सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फाेटमा संलग्न रहेको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ ।

८ जना घाइते हुनेगरी भएको उक्त विस्फाेटमा संलग्न रहेको भन्दै प्रहरीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–३ लवका टोलका २० वर्षीय गुड्डु भनिने रामजतन मुखियालाई पक्राउ गरेको हो ।

मुखियालाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लहान नगरपालिका–१ बाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

पक्राउ परेका मुखियामाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

विस्फाेटमा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि दुई जनालाई हतियारसहित पक्राउ गरेको थियो । चैत १६ मा सिरहाको सुखीपुर नगरपालिका–५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २६ वर्षीय अभिमन्यु गिरीलाई सुखीपुर ५ बाट एक थान पेस्तोल र दुई राउन्ड गोलीसहित प्रहरीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment