Comments Add Comment

अमेरिकामा ११ करोडभन्दा बढीले लगाए कोरोना खोप

२९ चैत, काठमाडौं । अमेरिकामा ११ करोड ७१ लाखभन्दा बढीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको कम्तीमा एक डोज लगाएका छन् ।

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का अनुसार अहिलेसम्म अमेरिकामा समग्रमा १८ करोड ३४ लाख डोज कोरोना खोप दिइएको छ । जसमध्ये सात करोड ६ लाखभन्दा बढीले कोरोना खोपको पूरा डोज लिइसकेका छन् ।

अमेरिकामा दुई डोज आवश्यक पर्ने फाइजर र मोडेर्ना र एकडोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप लगाउने अभियान सञ्चालन भइरहेको छ । मे १ सम्ममा सबै अमेरिकी नागरिकलाई कोरोना खोप पुर्‍याउने अमेरिकाले लक्ष्य लिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोना महामारी नियन्त्रण आफ्नो प्राथमिकतामा रहेको बताउँदै आएका छन् । गत जनवरी महिनामा अमेरिकामा कोरोना संक्रमण अहिलेसम्मकै उच्च विन्दुमा पुगे पनि त्यसयता भने नयाँ संक्रमितको संख्यामा केही कमी आएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment