+
+
Shares

चितवनमा ट्याक्टर दुर्घटना, पाँच जनाकाे मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २९ गते २२:०९

२९ चैत, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा भएको ट्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

राप्ती नगरपालिका वडा नम्बर ११ स्थित चिउरी खोलामा आइतबार बेलुका ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हाे ।

दुर्घटनामा मृत्यु हुनेहरुमा चितवनको राप्ती नगरपालिका ५ का ३५ वर्षीय खड्क लामा, चितवनको खैरहनी नगरपालिका ९ का ४० वर्षीय मगन महतो, खैरहनी ९ कै ५० वर्षकी छनिया महतो र राप्ती ४ का ४५ वर्षीय सिताराम श्रेष्ठ रहेको चितवन प्रहरीले जनाएको छ । एकजना २४/२५ वर्षीय पुरूषकाे पहिचान खुल्न बाँकी छ ।

उपचारको क्रममा पुरानो मेडिकल कलेजमा चारजना र भरतपुर अस्पतालमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

वडा नम्बर ११ को वडा कार्यालय भवनको ढलानको काम सकेर फर्किंदै गरेका कामदार सवार ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरमा सवार १७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ६ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

चितवनमा आइतबार नै म्याजिक भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?