Comments Add Comment

नेपाली सेनाले ‘सफा हिमाल’ अभियान सुरु गर्दै

३० चैत, काठमाडौं । नेपाली सेनाले हिमाल सफा गर्ने अभियान सुरु गर्दै छ । दुई वर्षअघि सगरमाथा सफा गरेको नेपाली सेनाले यसपटक ६ वटा हिमाल सफा गर्न लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

‘सफा हिमाल’ नाम दिइएको अभियानको प्रधानसेनापति पूर्णचन्द्र थापाले मंगलबार दिउँसो ब्यानर हस्तान्तरण गरेर अभियान शुभारम्भ गर्ने कार्यक्रम छ।

नेपाली सेनाले यो वर्ष विभिन्न निकायसँगको समन्वयमा सगरमाथा, ल्होत्से, पुमोरी, आमादब्लम, मकालु र धवलागिरि हिमाल सफाइ गर्दैछ। सफा हिमाल अभियान आउँदो जेठ २२ गते विश्व वातावरण दिवसको अवसरमा समापन हुनेछ ।

अभियानमा नेपाली सेनाका ४३ जना आरोही सदस्य र शेर्पालगायतका अन्य व्यक्तिको पनि सहयोग रहनेछ । सफाइ अभियानमा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्डसहित सम्बन्धित गाउँपालिका र निजी क्षेत्रको सहकार्य रहने नेपाली सेनाले जनाएको छ ।

हिमाल सफाइका लागि १२ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

सन् २०१९ मा सगरमाथा सफाइ अभियान सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment