
३० चैत, काठमाडौं । २०७६ सालको ‘उत्तम शान्ति पुरस्कार’ सरिता अर्यालको ‘मेरो अपहरण’ कृतिलाई दिइने भएको छ ।
उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०४४ सालदेखि गैरआख्यान गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिलाई उत्तमशान्ति पुरस्कारद्वारा सम्मानित गर्दै आएको छ ।
यसै क्रममा नियात्रा निबन्धका फाँटमा रागात्मक मानवीय अनुभूतिलाई चुस्त पत्रकारी शैलीमार्फत लेखिएको सरिता अर्यालको ‘मेरो अपहरण’लाई ताम्रपत्र र नगद राशी एक लाख रुपैयाँसहितको पुरस्कार दिइने निर्णय भएको गुठीका सदस्य–सचिव ठाकुर पराजुलीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
कोरोना महामारीका कारण रोकिएको पुरस्कार अर्पण समारोह आगामी जेठ १२ गते गरिने गुठीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4