+
+
Shares

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट दुईजनाको मृत्यु

रासस रासस
२०७७ चैत ३० गते १७:१८

३० चैत, पोखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट सोमबार दुईजनाको मृत्यु भएको छ । तनहुँ र कास्कीका एक-एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । ती पुरुषमा यही चैत २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कास्कीको पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषको पनि चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उनमा चैत २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?