Comments Add Comment

टिकटक पुनः बन्यो सर्वाधिक लोकप्रिय एप, महिनामै ६ करोड डाउनलोड

छोटो भिडियो बनाउने तथा सेयर गर्ने लोकपि्रय एप टिकटक लगातार दोश्रो महिना पनि विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप बन्न सफल भएको छ ।

एप एनालिटिक्स कम्पनी सेन्सर टावरको पछिल्लो तथ्यांकअनुसार बितेको मार्च महिनामा एप्पलको एप स्टोर र गुगल प्ले स्टोरबाट गरी टिकटक ५ करोड ८० लाख पटक डाउनलोड भई नन गेमिङ एपतर्फ सर्वाधिक डाउनलोड हुने एपको पहिलो नम्बरमा रहेको छ ।

सर्वाधिक डाउनलोड हने नन गेमिङ एपको दोश्रो नम्बरमा फेसबुक रहेको छ । मार्च महिनामा फेसबुक एप विश्वमा ५ करोड ६० लाख पटक डाउनलोड भएको छ ।

फेसबुक मातहतकै अन्य एपहरु इन्स्टाग्राम, ह्वाट्सएप र मेसेन्जर क्रमशः तेश्रो, चौथो र पाँचौ स्थानमा रहेका छन् ।

मार्च महिनामा सर्वाधिक डाउनलोड हुने टपटेनमा रहेका अन्य एपहरुमा स्न्यापच्याट, जोश, जूम, टेलिग्राम र क्यापकट रहेका छन् ।

तथ्यांक अनुसार सबैभन्दा धेरै टिकटक इन्स्टल हुने देशको रुपमा चीन रहेको छ । मार्च महिनाको तथ्यांक अनुसार चीनको हिस्सा ११ प्रतिशत छ भने दोश्रो नम्बरमा १० प्रतिशतसहित अमेरिका छ । भारतमा भने टिकटक प्रतिबन्धित रहेको छ ।

उता मार्च महिनामा सबैभन्दा धेरै फेसबुक एप इन्स्टल हुनेमा भारत पहिलो नम्बरमा छ । मार्च महिनामा भएको फेसबुक एपको विश्वव्यापी डाउनलोडमध्ये २५ प्रतिशत हिस्सा भारतको छ । दोश्रो स्थानमा रहेको अमेरिकाको ८ प्रतिशत रहेको छ ।

एप स्टोर र गुगल प्ले स्टोरमा गरी समग्रमा सर्वाधिक डाउनलोड हुने एपको पहिलो नम्बरमा टिकटक रहेको भए पनि गुगल प्ले स्टोरबाट मात्रै सबैभन्दा धेरै डाउनलोड हुने एपको पहिलो नम्बरमा चाहिँ फेसबुक रहेको छ । गुगल प्ले स्टोरबाट मात्र सर्वाधिक डाउनलोड हुने टपटेन एपको सूचि यस्तो छ :

· फेसबुक
· इन्स्टाग्राम
· टिकटकट
· जोश
· ह्वाट्सएप
· स्न्यापच्याट
· मेसेन्जर
· टेलिग्राम
· जूम
· मोज

त्यस्तै एप्पलको एप स्टोरबाट सर्वाधिक डाउनलोड हुने टपटेन एपको सूचि यस्तो छ :

· टिकटक
· युट्युब
· इन्स्टाग्राम
· ह्वाट्सएप
· फेसबुक
· जूम
· मेसेन्जर
· ताओबाओ
· गुगल म्याप्स
· जिमेल

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment