+
+
Shares

मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३१ गते १९:२३

३१ चैत, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेकाहरुलाई जिल्ला निर्वाचन कार्यालयमा गएर दर्ता गराउन आह्वान गरेको छ ।

आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै मुलुकका ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावली संकलन भइरहेकाले मतदाता नामावली ऐन, २०७३ अनुसार योग्यता पुगेका नेपाली नागरिकले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन आह्वान गरेको हो ।

आयोगले भर्खरै नेपाली नागरिकताको प्रमाणपत्र लिएकाहरुले पनि जिल्ला निर्वाचन कार्यालयमा गई नाम दर्ता गराउन अपिल गरेको छ ।

आयोगले सर्वसाधारण नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि आवश्यक मात्रामा सहजीकरण गरिदिन जिल्लास्थित राजनीतिक दलका संगठन र प्रतिनिधिहरुलाई आग्रहसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?