Comments Add Comment

ऋचाले लेखिन्–‘एउटा जीवनलाई गर्भमा हुर्काउने सौभाग्य पाइरहेकी छु’

नयिका ऋचा शर्माले आफू आमा बन्न लागेको जानकारी आफ्ना फ्यानहरुलाई दिएकी छिन् । नयाँ बर्षको पहिलो दिन सामाजिक संजालमा स्टाटस लेख्दै ऋचाले सबैको आर्शिवादको अपेक्षा समेत गरेको उल्लेख गरेकी छिन् ।

ऋचाले लेखेकी छिन्–‘आमाले भन्नु हुन्थ्यो, आफ्नो सन्तान भएपछि थाहा पाउछस् । आज त्यही कुरा स्मरण आइरहेको छ । एउटा जीवनलाई गर्भमा हुर्काउने सौभाग्य पाउँदा आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड्कन भन्दा कोही अरुको धड्कन म भित्र प्यारो आभास भैरहेको छ ।’

ऋचाले एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साच्चै नै सौभाग्यको कुरा भएको पनि उल्लेख गरेकी छिन् । उनी अगाडि लेख्छिन्–‘त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमान्ले सजीवनको रुख रोप्दैछौ । यो नयाँ जीवनको आगमन र यो रुखको अटुट साथ सधै बनिरहोस् भन्ने तपाइहरु सम्पूर्णको आर्शिवादको अपेक्षा गर्दछु । मेरी आमा पनि पर क्षितिजबाट भन्दै हुनुहुन्छ होला, छोरी आज ठूली भई ।’

नायिका ऋचा शर्मा र दिपेक्ष विक्रम राणाले गतबर्षको वि.सं २०७६ सालको मंसिर महिनामा बिहे गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment