Comments Add Comment

आर्मीले आज बेंगलुरुसँग खेल्दै

फाइल तस्वीर

१ वैशाख, काठमाडौं । नेपालको त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कप-२०२१ प्रारम्भिक छनोटको दोस्रो चरणमा आज भारतको बेंगलुरु एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।

गोवास्थित जीएमसी स्टेडियममा आर्मी र बेंगलुरुबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

दशरथ रंगशालामा भएको पहिलो चरणको खेलमा आर्मीले श्रीलंका पुलिस एस क्लबलाई हराएको थियो । बेंगलुरुले भने सिधै दोस्रो चरणमा खेल्न लागेको छ।

हाल इन्डियन सुपर लिग (आईएसएल) खेल्ने बेंगलुरुले यसअघि नै एएफसी कप खेलेको अनुभव छ । आर्मी भने पहिलो पटक महादेशिय प्रतियोगिताका लागि छनोट खेलिरहेको छ ।

भारतीय टिमका कप्तान सुनिल क्षेत्रीको कप्तानीमा रहेको बेंगलुरुलाई हराउन सके आर्मी छनोटको प्लेअफमा पुग्नेछ ।

बेंगलुरुका कप्तान सुनिल क्षेत्रीले आर्मीले पुलिसलाई पराजित गरेको हेरेको र हल्का रुपमा नलिने बताएका छन् ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले श्रीलंका पुलिसलाई हराएपछि दोस्रो खेलमा अझै मिहिनेत गर्नुपर्ने बताएका थिए ।

आर्मीले घरेलु मैदानमा भएको पहिलो खेलमा श्रीलंका पुलिसलाई ५-१ ले पराजित गरेको थियो ।

एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेलेको हो ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपविजेता क्लब लाइसेन्स पाउने पहिलो क्लब बनेकोले आर्मीले छनोट खेल्ने मौका पाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment