Comments Add Comment

भेरी अस्पतालमा १२३ जनाको नमुना परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण पुष्टि

फाइल तस्वीर

१ वैशाख, काठमाडौं । बाँकेमा एकैदिन ७५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

बाँकेका कारोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा १२३ जनाको पीसीआर परीक्षण गर्दा बुधबार ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

फोकल पर्सन ओलीले अनलाइनखबरलाई भने, ‘स्वास्थ्यमा समस्या देखा परेपछि भेरी अस्पतालमा १२३ जनाको मंगलबार स्वाब संकलन गरिएको थियो । जसमध्ये बुधबार ७५ जनामा संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ ।’ ओलीका अनुसार संक्रमण पुष्टि हुनेमा ४ वर्षदेखि ८१ वर्ष उमेर समूहका रहेका छन् ।

कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज र बागेश्वरी डाइग्नोस्टिक ल्याबमा गरिएको परीक्षणको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।

कोभिडका बिरामी राख्न बेड अभाव

भेरी अस्पतालका मेसु डा. प्रकाशबहादुर थापाले अस्पतालमा कोरोना संक्रमित राखेर उपचार गराउन बेडको अभाव रहेको बताएका छन् ।

डा. थापाले अनलाइनखबरसँग भने, ‘अस्पतालमा जम्मा १४२ बेड छन् । जसमध्ये ७२ बेड कोभिडका बिरामीका लागि छुट्याइएको छ । अस्पतालले म्यानेज गरेर अहिले ७४ जना कोरोना संक्रमितको उपचार गरिरहेको छ ।’

७४ जना मध्ये ८ जना भेन्टिलेटरमा, ३९ जना आईसीयूमा र लक्षण सहितका २७ जना बिरामीको कोभिड वार्डमा उपचार भइरहेको डा. थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment