
२ वैशाख, काठमाडाैं । नेकपा एमालेका सांसद झपटबहादुर रावलले आफू बसेको घरमा बुधबार राति ढुंगामुढा भएकाे बताएका छन् ।
बिहीबार राज्यव्यवस्था समितिको बैठकमा सुरक्षा निकायलाई बोलाउँदा समयमा नआएको भन्दै उनले गृहमन्त्री बादलको ध्यानाकर्षण गरे । ‘म बसेको घरमा बुधबार राति १२ बजेतिर ५-१० मिनेटको अन्तरालमा पटकपटक ढुंगा प्रहार भयो । सुरक्षाकर्मी बोलाउन भनेर १०० मा फोन गर्दा फोन उठेन’, रावलले गृहमन्त्रीलाई घटनाबारे समिति बैठकमा जानकारी गराउँदै भने ।
कोटेश्वर प्रहरी कार्यालयमा फोन गर्दा पनि फोन नउठेको र अन्तिममा हनुमानढोका प्रहरीलाई फोन गरेको र घटना भएको ४५ मिनेटपछि मात्रै प्रहरी घटनास्थल आएको रावलको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4