
२ वैशाख, काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ बालगंगा पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
ना २७ प ६३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सिरहाको सिरहा नगरपालिका–७ का ३९ वर्षीय सशीकान्त झा र नुवाकोट बिदुरका ३९ वर्षीय सानुकाजी चित्रकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका सशीकान्तको उपचारको लागि गण्डक अस्पताल वीरगञ्ज लैजाने क्रममा बाटोमै र सानुकाजीको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4