Comments Add Comment

यी सफल मेकर, जसले फिल्मको छायांकन सुरु गर्नै सकेनन्

गतबर्षदेखि नै चलचित्र निर्देशन गर्ने तयारी थालेका केही सफल निर्देशकले अझै पनि चलचित्रको घोषणा गर्न सकेका छैनन् । चलचित्र बनाउने वा नबनाउने भन्ने दोधारमा रहेकाले पनि उनीहरुले चलचित्र निर्देशनको घोषणा गर्न नसकेका हुन् ।

निर्देशक प्रदिप भट्टराइ र निर्माता रविन्द्र सिंह बाँनियाले ‘जात्रा’को तेश्रो सिरिज बनाउने तयारी गतबर्षदेखि नै थालेका हुन् । यसका लागि केही कलाकारलाई उनले फाइनल पनि गरिसकेका छन् । तर, चलचित्र निर्माण गर्ने वातावरण अझै नबनेपछि उनी चलचित्र निर्देशन गर्न तम्सिएका छैनन् ।

सफल निर्देशक दीपाश्री निरौलाले ‘छक्का पन्जा ४’ बनाउने तयारी गतबर्षदेखि नै थालेकी हुन् । तर, महंगो बजेटमा बन्ने यो चलचित्र निर्माणको घोषणा अझै हुन सकेको छैन । दीपा र उनको टिम ‘छक्का पन्जा ४’ बनाउने कि बाहिरी ब्यानरको चलचित्रमा काम गर्ने भन्ने दोधारमा छ । निर्माता दीपकराज गिरीले त चलचित्र बनाउने माहोल अझै नबनेको बताउँदै आएका छन् ।

नायक तथा निर्माता भूवन केसीले ‘एन्टी हिरो, पारस र माइतीघर २’ बनाउने घोषणा त गरेका छन् । तर, उनी पनि छायांकनमा जान सकेका छैनन् । कारण, कोरोनाको दोश्रो लहर सुरु भएपछि चलचित्र निर्माण नै तत्कालका लागि अन्यौलमा देखिएको भूवनले बताउँदै आएका छन् ।

निर्देशक विकासराज आचार्यले चलचित्र ‘नाई नभन्नु ल ६’को घोषणा गर्नै सकेनन् । आन्तरिक तयारी गरेपनि उनले कोरोना फेरि बढेपछि छायांकन पोष्टपोन्ड गरेका छन् । विकास कोरोनाको संक्रमण लामो समयसम्म रहेको अवस्थामा वेव सिरिज बनाउने बताउँछन् ।

निर्माता रोज राणादेखि नायिका रेखा थापाले गतबर्षदेखि नै चलचित्र बनाउने बताउँदै आएका छन् । रोजले ‘खलनायक २’ बनाउने बताएपनि काम सुरु गर्न सकेका छैनन् । रेखाले २ वटा चलचित्रको घोषणा गरेपनि कुनैको पनि घोषणा गर्न सकेकी छैनन् ।

नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउन सक्ने केही निर्माताले चलचित्र निर्माण र छायांकनको घोषणा गर्न सकेका छैनन् । विशेषगरि, उनीहरुको लगानीको केही हिस्सा ओभरसिजबाट पनि फिर्ता आउने हुनाले उनीहरु विदेशी बजारलाई पनि कुरिरहेका छन् । ओभरसिज बजार पुरानै लयमा नफर्किएसम्म केही सफल मेकरले चलचित्र घोषणा गरेर काम अगाडि बढाउने संभावना कम छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment