+
+
Shares

हेटौँडाको क्याम्पसमा शङ्कास्पद बस्तु फेला

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३ गते ११:१८
फाइल तस्वीर

३ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिका-४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा शङ्कास्पद बस्तु फेला परेको छ । क्याम्पसको शौचालयमा तारसहितको शङ्कास्पद बस्तु भेटिएको हो ।

क्याम्पस गएका विद्यार्थीले शङ्कास्पद बस्तु देखेपछि व्यवस्थापनलाई जानकारी गराएका थिए ।

शंकास्पद बस्तुबारे क्याम्पस व्यवस्थापनले प्रहरीलाई खबर गरेपछि प्रहरी टोलि घटना स्थलमा पुगेको छ ।

कलेज प्राङ्गढमा देखिएको शङ्कास्पद बस्तु डिस्पोज गर्ने तयारी गरिरहेको मकवानपुका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । डिस्पोजका लागि नेपाली सेनाको टोली आइसकेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?