Comments Add Comment

भेरी अस्पतालमा १८३ जनाको नमुना परीक्षण गर्दा १२७ जनामा कोरोना संक्रमण पुष्टि

फाइल तस्वीर

३ वैशाख, काठमाडौं । बाँकेको भेरी अस्पतालमा १८३ जनाको नमुना परीक्षण गर्दा १२७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

अस्पतालका मेसु डा. प्रकाशबहादुर थापाका अनुसार पछिल्लो २४ घण्टामा १८३ जनाको नमुना परीक्षण गर्दा १२७ जनामा संक्रमण पुष्टि भएको हो । उनका अनुसार संक्रमण दर ६९.४ प्रतिशत हुन आउँछ । कोरोना संक्रमण पुष्टि भएका १२७ जना मध्ये ५ जना अस्पतालका कर्मचारी समेत रहेको उनले बताए ।

एकै दिन यति धेरै संख्यामा संक्रमित पहिचान भएको विगत एक वर्षमा यो पहिलो पटक भएको डा. थापाले बताए ।

भेरी अस्पतालले आफ्नो श्रोत साधनले भ्याएसम्म बिरामीको उपचारमा प्रतिबद्ध भएर लागेको उनको भनाइ छ ।

तर यही क्रममा संक्रमण फैलिने हो र गहन खालका बिरामीहरूको संख्या बढ्ने हो भने अस्पतालले बिरामीको चाप थेग्न मुस्किल हुने उनको भनाइ छ ।

मेसु डा. थापाका अनुसार कोरोना संक्रमित मध्ये ७ जना भेन्टिलेटरमा, ४० जना आईसीयूमा र ४३ जना कोभिड वार्डमा राखेर उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment