Comments Add Comment

एमालेको समस्यामा परको साथीको ‘दिलचश्पी’ देखियो : कँडेल

३ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेलले आफ्नो दलको समस्यामा रूची नदेखाउन अन्य दललाई आग्रह गरेका छन् ।

प्रदेशसभा अधिवेशनको पहिलो दिनको बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता कँडेलले आफ्नो पार्टीमा सांगठनिक समस्या रहेको स्वीकार गरे । उनले भने, ‘त्यसमा हाम्रो रूची हुनुपर्ने हो, तर अलि परको साथीको ‘दिलचश्पी’ देखिराख्छु । यसले घर पनि बिग्रन्छ, सम्बन्ध पनि बिग्रन्छ ।’

एमालेमा देखिएको समस्याको आफूहरुले समाधान खोज्ने भन्दै उनले भने, ‘त्यसैलाई नै आधार बनाएर गर्ने कुरा छ, त्यसले न सम्बन्ध सुधार हुन्छ, न त वातावरण राम्रो बन्छ ।’

कँडेलले पार्टीभित्र समस्या भएपनि एमालेको संसदीय दल एकतावद्ध रहेको समेत बताए ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने पार्टी निर्णयको बचाउ गर्दै उनले कर्णाली प्रदेशमा एमाले सबभन्दा ठूलो दल भए पनि पार्टी एकताका लागि मात्र शाहीलाई मुख्यमन्त्रीमा समर्थन गरेको बताए ।

आज एमाले बनेर मात्र समर्थन फिर्ता नलिएको भन्दै उनले साबिककै नेकपाका ३२ मध्ये १८ सांसदले संसदीय दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment