+
+

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३ गते १६:२४

३ वैशाख, काठमाडौं । भक्तपुरको चुनदेवीस्थित सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज घर भई हाल काठमाडौंको पुतलीसडक बस्ने २० वर्षीय सूर्य ओली र भोजपुर घर भई हाल काठमाडौं पुतलीसडक बस्ने १८ वर्षीय सुमन गिरी रहेका छन् ।

भक्तपुर नगरपालिका-१ चुनदेवीस्थित सडकमा प्रदेश ३-०२-०११ प ८२५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनाराको बारमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भक्तपुरस्थित मध्यपुर अस्पताल थिमिमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?