+
+
Shares

करदातालाई जागरुक बनाउन सडक नाटक

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३ गते १९:५९

३ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन शुक्रबारबाट ‘सडक नाटक’ सुरु गरेको छ ।

काठमाडौं महानगरपालिका राजस्व विभागका प्रमुख डाक्टर शिवराज अधिकारीका अनुसार पहिलो चरणमा काठमाडौं क्षेत्र भित्रका १० स्थानमा सडक नाटक देखाइने छ ।

‘करदातालाई दबाब दिएर होइन कर तिर्नु नागरिक दायित्व हो र करमा आनासुकीको पनि महत्व हुन्छ भन्ने सकारात्मक सन्देशसहित आनासुकी घरबेटी बा ‘सडक नाटक’ सुरु गरेका हौँ,’ अधिकारीले भने ।

कर तिर्ने वातावरण सिर्जना होस् भन्ने हेतूले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन पहिलो चरणमा काठमाडौं क्षेत्र भित्रका वसन्तपुर, कालिमाटी, कलंकी, चावहिल, गौसाला, नयाँबानेश्वरलगायतका विभिन्न १० स्थानमा सचेतनासहित सडक नाटक प्रदर्शन गरिने उनले बताए । नाटक प्रभावकारी देखिए महानगरपालिकाको अन्य स्थानहरुमा पनि प्रदर्शन गरिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?