+
+
Shares

कुखुरा फर्ममा चट्याङ लाग्यो, १० लाख बराबरको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ४ गते ६:५४

४ वैशाख, जनकपुरधाम । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित एक कुखुरा फर्ममा चट्यांग लागेर आगलागी भएको छ । आगलागीले फर्मभित्रका १२ सय कुखुराका चल्लाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

हावाहुरीसँगै परेको चट्याङ्गले शुक्रबार राति साढे ८ बजेतिर ईश्वरपुर नगरपालिका ७ पोखरी टोलमा उदय राय यादव र राजेश पटेलले संयुक्त रुपमा सन्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको हो ।

आगलागीमा परी १२ सय कुखुराको चल्ला र ५० बोरा दाना पूर्ण रुपमा जलेर नष्ट भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । आगलागीबाट १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।

आगोलाई स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?