Comments Add Comment

सुबिसुले ल्यायो नयाँ वर्षमा ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ योजना

५ वैशाख, काठमाडौं । सुबिसु केबलनेट प्रालिले नयाँ वर्ष २०७८ को अवसरमा आफ्ना ग्राहकका लागि ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ योजना ल्याएको छ ।

नेपालको सूचना तथा सञ्चार क्षेत्रमा आफूलाई अग्रणी मान्दै आएको केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रालिले ल्याएको नयाँ वर्षे योजनामा ग्राहकले एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ बिमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

स्वस्थ जीवनको महत्वलाई ध्यानमा राख्दै इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभी सेवाको नयाँ जडान तथा नविकरणमा एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बिमा प्रदान गर्ने कम्पनीले जनाएको छ । सेवा २० एमबीपीएसभन्दा माथिको ब्यान्डविथमा लागु हुनेछ ।

स्वास्थ्य बिमाको लागि शिखर इन्स्युरेन्ससँग सहकार्य गरेको कम्पनीले जनाएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले नेपाल र भारतमा उपचारार्थ एक लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा प्राप्त हुने कम्पनीले जनाएको छ । आकस्मिक स्वास्थ्य उपचारमा पर्न जाने आर्थिक भारलाई यसले धेरै हदसम्म निर्मुल पार्ने विश्वास कम्पनीको छ । अफर सीमित अवधिका लागि रहने र शर्त तथा नियमहरु लागु हुने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment