Comments Add Comment

एस्ट्रिक टेक्नोलोजीद्वारा डिजिटल ई–लर्निङ प्लेटफर्म ‘मेरोस्कुल’ सार्वजनिक

२ वैशाख, काठमाडौं । एस्ट्रिक टेक्नोलोजीले डिजिटल ई–लर्निङ प्लेटफर्म ‘मेरोस्कुल’ सार्वजनिक गरेको छ । कोभिड १९ को महामारीका कारण छुटेको पढाइलाई पूर्णता दिन र संक्रमण जोखिमका कारण भौतिक उपस्थितिमा ट्युसन तथा कोचिङ पढ्न जान नचाहने विद्यार्थीलाई लक्षित गरी यस प्लेटफर्म सार्वजनिक गरिएको टेक्नोलोजिले जानकारी दिएको छ ।

एस्ट्रिक टेक्नोलोजीका अनुसार प्रविधिको युगमा यस्तो विषम परिस्थितीमा प्रविधिकै प्रयोग गरी विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले यस प्लेटफर्मको विकास गरिएको हो ।

‘पढाइको नयाँ फन्डा’ स्लोगन सहित सार्वजनिक भएको यो प्लेटफर्मले डिजिटल माध्यमबाट विद्यार्थीहरुको पढाइमा सहयोग गर्ने एस्ट्रिक टेक्नोलोजीले जनाएको छ ।

के हो मेरोस्कुल ?

कम्पनीका अनुसार मेरोस्कुल एक डिजिटल ई–लर्निङ प्लेटफर्म हो जहाँ नेपाल सरकारको पाठ्याक्रममा आधारित ५ हजारभन्दा धेरै भिडियोहरु उपलब्ध रहेका छन् । यसका साथै पुराना प्रश्नपत्रहरु हल गरिएका भिडियो सामग्री समेत यसमा पाउन सकिने एस्ट्रिक टेक्नोलोजीले जनाएको छ।

एस्ट्रिक टेक्नोलोजीका अनुसार यसका भिडियोहरु सबै एनिमिटेड र पिक्टोरियल फिचरद्वारा तयार पारिएको छ । यी भिडियोहरु दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सरल भाषामा तयार पारिएका हुन् । शैक्षिक पाठ्यक्रमका अलावा डिजाइनिङ कोर्स, ल्याङवेज कोर्स लगायतका कोर्सहरू पनि पाउन उपलब्ध छन् । यस प्लेटफर्म सार्वजनिक भएको उपलक्ष्यमा १ महिनाको लागि ट्यूटोरियल भिडियाहरु निःशुल्क हेर्न सकिनेछ।

यसको सबैभन्दा राम्रो विशेषता भनेको विद्यार्थीहरुले घरैमा बसी यहाँ भएका भिडियोहरु हेरी पढ्न सक्नेछन् । अफलाइन भ्यूइङ फिचर पनि भएकोले यहाँ भएका शैक्षिक सामग्रीहरु आफूले चाहेको समयमा चाहेको ठाउँमा बसी सुपथ मूल्यमा हेर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment