+
+

दिल्लीमा सयभन्दा कम मात्रै आईसीयू बेड खाली, अक्सिजनको अभाव

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ५ गते १६:५६

५ वैशाख, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अब दिल्लीमा एकसयभन्दा कम आईसीयू बेड मात्रै खाली रहेको बताएका छन् । उनका अनुसार दिल्लीमा अहिले अक्सिजनको पनि अभाव देखिएको छ । पछिल्लो समय कोरोना संक्रमण तीव्र गतिमा बढिरहेकाले समस्या देखिएको उनले बताए ।

‘पछिल्लो २४ घण्टामा कोरोना संक्रमण दर ३० प्रतिशत पुगेको छ । अघिल्लो २४ घण्टामा यो दर २४ प्रतिशत थियो । बिरामी तीव्र गतिमा बढिरहेका छन्,’ केजरीवालले भने, ‘आईसीयू बेड पनि अब निकै कम मात्र बाँकी छन्, समग्र दिल्लीमा सयभन्दा कम आईसीयू बेड बाँकी छन् । अक्सिजनको पनि अभाव भइरहेको छ ।’

आफूले केन्द्र सरकारसँग सहयोग मागिरहेको मुख्यमन्त्री केजरीवालले बताए । केन्द्र सरकारले पनि उल्लेख्य सहयोग गरेको भन्दै उनले सात हजार बेड कोरोनाको लागि छुट्याउन आफूले आग्रह गरेको बताए । राज्य सरकारले अबको तीन दिनभित्र ६ हजार बेड बढाउने केजरीवालले बताए । पछिल्लो २४ घण्टामा दिल्लीमा करिब २५ हजार जना संक्रमित फेला परेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?