Comments Add Comment

परराष्ट्रमन्त्रीको टिप्पणी : माओवादी नहुँदा पनि देश चल्छ !

४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र सहभागी भएन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार टेलिफोन त गरेका थिए । तर सर्वदलीय बैठकको कुनै खबर थिएन ।

एमाले अध्यक्षसमेत रहेका ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासहित तीन नेताबीच छलफल गर्ने प्रस्ताव मात्र राखेको उनको सचिवालयले जनाएको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकबारे खबर नै नआएकाले आफूहरु नगएको बताए ।

माओवादी केन्द्र मात्र होइन, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र याादव पनि सर्वदलीय बैठकमा गएनन् । यद्यपि अध्यक्ष महन्थ ठाकुर नेताद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लासहित बालुवाटार पुगेका थिए । भट्टराई–यादव पक्षले भने सर्वदलीय बैठकका लागि पार्टीलाई औपचारिक खबर नै नभएको बताएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने खबर नभएको भन्नु बेकारको कुरा भएको बताएका छन् । बैठकमा सहभागी ज्ञवालीले सञ्चारकर्मीहरुसँग भने, ‘उहाँहरु किन आउनुभएन ? किन यस्तो गैरजिम्मेवार हुनुभयो ? उहाँहरुले जान्ने कुरा हो । उहाँहरुले थाहा पाउनुपर्छ, उहाँहरु (माओवादी) नहुँदा पनि देश चल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment