+
+
Shares

मार्क्सवादले उमेर हद राख्न हुन्छ वा हुँदैन केही भनेको छैन : प्रदीप ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १८:४८
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले विधान महाधिवेशनले उमेर हदको विषय टुंगो लगाउने निर्णय गरेको छ।
  • उमेर हदको विषयलाई लिएर कुनै सिद्धान्तको विषय नभएको र आवश्यकताले सिर्जना हुने विषय भएको उनले बताए।
  • ७० वर्षे उमेर हद राख्ने निर्णयलाई बाधक भएको र स्थगन गरिएको उनले जानकारी दिए।

११ असार, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उमेर हदको विषय विधान महाधिवेशनले टुंगो लगाउने बताएका छन् ।

पार्टी सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव ज्ञवालीले विधान महाधिवेशनका प्रतिनिधिहरूले उमेर हद लगाउने वा नलगाउने भन्ने निर्णय गर्ने बताएका हुन् ।

‘हाम्रो पार्टीको फैसला गर्ने सर्वोच्च निकाय विधान महाधिवेशन भएकाले यसबारे आवश्यक निर्णय विधान महाधिवेशन गर्नेछ’, उनले भने, ‘यो विषयलाई लिएर धेरै अनुमानहरू गर्नु या सिद्धान्तको विषय बनाउनु जरुरी छैन । यो सिद्धान्तको विषय होइन ।’

मार्क्सवादले उमेर हद राख्नुपर्ने र राख्नुनपर्ने केही नभएको पनि उनले बताए । ‘मार्क्सवादले उमेर हद राख्नुपर्छ पनि भनेको छैन, राख्न हुन्नु भनेको पनि छैन । राख्नुपर्छ भन्नेहरू भयंकर क्रान्तिकारी र नराख्नुपर्छ भन्नेहरू अक्रान्तिकारी केही पनि होइन’ ज्ञवालीले भने, ‘त्यति बेलाको आवश्यकताले सिर्जना गर्ने विषय हो ।’

७० वर्षे उमेर हद राख्ने निर्णय बाधक भएको रियलाइजेसन सहित सचिवालय र केन्द्रीय कमिटीबाट स्थगन गर्ने निर्णय गरेको उनले बताए ।

‘हिजो एउटा आवश्यकताले हामीले राख्यौं, तर राखेको केही समयमै कही कही यो चाहिँ बाधक हुँदो रहेछ भन्ने कुराको रियलाइजेसनसहित पहिला सचिवालयले निर्णय गर्‍यो, पछि केन्द्रीय कमिटीलाई अनुमोदन गर्‍यो’, ज्ञवालीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?