Comments Add Comment
त्रिकोणात्मक टी-२० सिरिज  :

कुशल र आसिफको कीर्तिमानी ब्याटिङमा नेपालको शानदार जित

४ वैशाख, काठमाडौं । ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी ब्याटिङसँगै नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा सुखद सुरुवात गरेको छ । टी-२० अन्तराष्ट्रियमको डेब्यूमै कुशल र आसिफले अर्धशतकका साथै पहिलो विकेटका लागि सबभन्दा ठूलो साझेदारीको कीर्तिमान बनाउँदा नेपालले पाहना टोली नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको हो ।

त्रिवि क्रिकेट मैदानमा डच टोलीले दिएको १३७ रनको लक्ष्य नेपालले १५ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि कुशल र आसिफले आक्रामक सुरुवात दिलाए ।

३० वर्षमा अर्धशतक पुरा गरेका कुशलले आसिफसँग पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरे । यो टी-२० अन्तर्राष्ट्रियमा नेपालले पहिलो विकेटका लागि गरेको सर्वाधिक रनको साझेदारी हो । यसअघि १३औं सागमा पारस खड्का र ज्ञानेन्ऽ मल्लले भुटानविरुद्ध १०८ रनको साझेदारी गरेका थिए । टी-२० अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक रनको साझेदारी भने पारस खड्का र आरिफ शेखले २०१९ मा सिंगापुर विरुद्ध गरेका थिए ।

१३औं ओभरको चौथो बलमा आउट भएका उनले ५ चौका र ५ छक्काको मदतमा ६२ रन बनाए ।

उनी आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्ल आए । उनसँग मिलेर नेपाललाई जिताउनु अघि आरिफले पनि अर्धशतक पुरा गरे । ३६ बलमा अर्धशतक पुरा गरेका उनी ५४ रनमा अविजित रहे । ज्ञानेन्द्र मल्ल पनि १३ रनमा नटआउट रहे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको डच टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रन बनाएको थियो । नेदरल्याण्डको सुरुवात राम्रो थिएन । दोस्रो ओभरको छैटौं बलमा सन्दीप लामिछाने म्याक्स ओ डोडलाई एलबीडब्लू धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आए बेन कुपरलाईसोमपाल कामीले खाता खोल्न नदिई पभेलियन फर्काए ।

१२ रन जोड्दा २ विकेट गुमाएको डच टोलीको पारी स्कट एडवार्ड्स र बास डे लिडले सम्हाले । दुबैले तेस्रो विकेटका लागि ६१ रनको साझेदारी गरे । १४औं ओभरको पाँचौ बलमा डेब्युटान्ट शाहब आलमले एडवार्ड्सको विकेट लिए ।

१७औं ओभरको अन्तिम बलमा सन्दीपले बास डे लिडलाई कुशल भुर्तेलको हातबाट क्याच गराए । शाह आलमले नेदरल्याण्ड्सका सक्ट एडवार्ड्सलाई आरिफ शेखको हातबाट क्याचआउट गराए । उनको यो डेब्यु विकेट समेत हो । एडवार्ड्सले ३१ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा ३० रन बनाए ।

त्यसपछि कप्तान पिटर सिला र अन्टोनिओस स्टलले पाँचौ विकेटका लागि अविजित ३७ रनको साझेदारी गरे । सिलार २२ र स्टल २० रनमा अविजित रहे ।

नेपालका लागि सन्दीप लामिछाने ४ ओभरमा २२ रन खर्चिएर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १३ रन मात्र खर्चिएर १ विकेट तथा स्पीनर शाहब आलमले ४ ओभरमा ४५ रन खर्चिएर १ विकेट हात पारे । करण केसीले ४ ओभरमा २२ र अविनाश बोहराले ४ ओभरमा २५ रन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment